Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NET. Switch to the NET to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 36 - व्यवस्था 1

सलोफादकी छोरीहरूको देश

36 मनश्शेको नाति माकीरको छोरो गिलादको सन्तानका प्रधानहरू अघि आए अनि मोशा र इस्राएली मानिसहरूका प्रधानहरूलाई भने, “परमप्रभुले इस्राएलीहरूलाई चिठ्ठाद्वारा भूमि वितरण गरिदिनु भनी हजूरलाई हुकुम दिनु भएको थियो। अनि हजूर हाम्रा मालिकलाई परमप्रभुले हाम्रा सन्तान सलोफादको अंश चाँहि उनकी छोरीहरूलाई दिनु भनी दिनु भएको थियो। अब यदि ती कन्याहरूको विवाह इस्राएलीहरू मध्येकै अन्य कुलका मानिसहरूसित भए त्यो तिनीहरूले पाएको भाग जमीनको हाम्रो कुलको भागबाट काटिएर ती केटीहरूलाई विवाह गर्नेहरूकै भागमा मिल्ने छ। यसर्थ यस प्रकारले हामीले चिठ्ठामा पाएको भूमिको केहि अंश गुमाउने छैनौ। इस्राएलीहरूको पुनर्स्थापनाको समय[a] आउँछ र ती केटीहरूको पैतृक सम्पति तिनीहरूले विवाह गरेको पुरूषहरूको कुलमा मिल्नेछ र यसरी हामीले हाम्रो पिता-पूर्खाहरूबाट पाएको हाम्रो देशको भूमि गुमाउने छौनौं।”

यसर्थ परमप्रभुको निर्देशन अनुसार मोशाले इस्राएलीहरूलाई यस्तो आदेश दिएः “यूसुफ कुलका मानिसहरूले जे भन्दैछन् त्यो सही हो। सलोफादकी छोरीहरूको सम्बन्धमा परमप्रभुले दिनु भएको आदेशहरू यी हुन्: हुन त तिनीहरूले आफूले मन पराएकोसित विवाह गर्न सक्छन् तर तिनीहरूले आफ्नै पिता-पुर्खाहरूको सन्तान भित्र विवाह गर्नुपर्छ। इस्राएलीहरूले पाएको भूमिको अंश अर्को कुलका मानिसहरूलाई हस्तान्तरण गर्न सकिदैन। प्रत्येक इस्राएली आफ्नो पैतृक सम्पत्ति भित्र पर्नुपर्छ। इस्राएली कुलको प्रत्येक छोरी जसले पिता-पुर्खाहरूको सम्पत्ति पाएको छ उसले आफ्नो कुल भित्रैको पुरूषसित बिवाह गर्नुपर्छ ताकि पिता-पुर्खाहरूको नामको भूमि आफ्नो कुल देखि बाहिर नजाओस्। यसर्थ एक कुलको मानिसहरूको भूमि अर्को कुलको मानिसहरू माथि हस्तान्तरण गर्नु नपरोस्। आफ्नो कुलको भूमि आफ्नै कुलमा रही रहोस्।”

10 सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो। 11 तिनकी छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआले आफ्नै काकाको छोराहरूसित विवाह गरे। 12 तिनीहरूले यूसुफका छोरा मनश्शेका कुलहरूमा नै विवाह गरे र तिनीहरूको पैतृक भूमि तिनीहरूकै पिता-पुर्खाहरूको वंशभित्रै रह्यो।

13 यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्।

मोशा इस्राएलीहरू सँग कुरा गर्नुहुन्छ

जब इस्राएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरुभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको संदेश यही थियो।

सेईर पर्वत भएर होरेब पर्वतबाट कादेश बर्ने पुग्नु मात्र एघार दिन लाग्छ। तर इस्राएलीहरूलाई मिश्र देशदेखि यस ठाउँमा पुग्न चालीस बर्ष लाग्यो। मोशाले तिनीहरूलाई चालीसौं बर्षको एघारौं महीनाको पहिलो दिन परमप्रभुले आदेश गर्नु भएको प्रत्येक कुरा भने। परमप्रभुले हेशबोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अश्तारोतमा र एदरेईमा बस्ने बाशानका राजा ओगलाई जितेपछि यस्तो भएको थियो। यर्दन नदीको पूर्वपट्टि मोआब देशमा परमप्रभुले दिनु भएको आज्ञाहरू मोशाले इस्राएलका मानिसहरूलाई सुनाए। मोशाले भने,

“होरेब पर्वतमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा धेरै दिनसम्म बस्यौ। अब पहाडी क्षेत्रतिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगेवमा, समुद्रका किनारमा, कनान अनि लबानोन अनि यूफ्रेटिससम्म जाऊ। हेर! म तिमीहरूलाई त्यो भूमि दिंदैछु, जाऊ अनि त्यस भूमिमा बस, मैंले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक, अनि याकूब र तिनीहरूका भावी सन्तानहरूलाई यो भूमि दिने प्रतिज्ञा गरेको थिएँ।’”

मोशा अगुवाहरू छान्छन्

मोशाले भने, “त्यस समयमा मैले भनेको थिएँ, ‘म तिमीहरूको हेरचाह गर्नु सक्तिनँ। 10 अनि झन् अहिले त परमप्रभु तिमीहरूको परमेश्वरले यति धेरैभन्दा धेरै मानिसहरू बढाउनु भयो तिमीहरू आकाशको ताराहरू झैं भरिएका छौ। 11 अहिले परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वर परमप्रभुले तिमीहरूलाई हजार गुणा संख्या बेशी बनाऊन् अनि प्रतिज्ञा गर्नु भए अनुसार नै तिमीहरूलाई आशीर्वाद दिऊन्। 12 तर म तिमीहरूको हेरचाह गर्न र आफैं तिमीहरूका झगडा़हरू समाधान गर्न असमर्थ छु। 13 यसकारण तिमीहरूले आफ्ना कुलहरूबाट ज्ञान, विवेक तथा अनुभव भएका मानिसहरू छान म तिनीहरूलाई तिमीहरूको अगुवा बनाउनेछु।’

14 “अनि तिमीहरूले भन्यौ, ‘यसो गर्नु असल काम हो।’

15 “यसकारण मैले तिमीहरूद्वारा चुनेका बुद्धिमान र अनुभवी मानिसहरूलाई तिमीहरूको अगुवाहरू नियुक्त गरें। यसरी मैले तिमीहरूमध्ये केहीलाई हजार जनाका अगुवाहरू, सय जनाका अगुवाहरू, पचास जनाका अगुवाहरू अनि दश जनाका अगुवाहरू नियुक्त गरें। मैले तिमीहरूका प्रत्येक पारिवारिक समूहहरूलाई अधिकारी नियुक्त गरें।

16 “त्यति बेला, मैले ती न्यायकर्त्ताहरूलाई भनें, ‘कुनै पनि झगडा़मा तिम्रा भाइहरूका कुरा सुन र ठीक-ठीक न्याय गर, त्यो झगडा़ इस्राएलीहरूमाझ होस् अथवा इस्राएली र विदेशीहरूमाझ होस्। 17 जब तिमीहरू न्यायकर्त्ता भएर निर्णय लिन्छौ तब तिमीहरूले सोच्नु हुँदैन को महत्वपूर्ण र महत्वहीन मानिसहरू हुन्। कसैसँग पनि डराउनु हुँदैन कारण तिमीहरूले गरेको निर्णय परमेश्वरबाट भएको हुन्छ। तर यदि कुनै झगडा़को विषय तिमीहरूको निम्ति कठिन भए त्यो म कहाँ ल्याऊ।’ 18 त्यही समयमा तिमीहरूले गर्नु पर्ने सबै विषयहरू म तिमीहरूलाई भन्नेछु।

कनानमा जासूसहरू जान्छन्

19 “तब परमप्रभु हाम्रा परमेश्वरको आज्ञा मानेर हामीले होरेब पर्वत छाडी एमोरी मानिसहरूको पहाडी देशको यात्रा गर्यौ अनि तिमीहरूले देखेको विशाल अनि भयंकर मरुभूमि भएर कादेश बर्नेमा पुग्यों। 20 तब मैले तिमीहरूलाई भनें, ‘तिमीहरू अब एमोरीहरूको पहाडी देशमा आइपुग्यौ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यो देश दिनु हुनेछ। 21 हेर, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो देश दिनुभएको छ। तिमीहरूले कुनै चीजको फिक्री नगर, कसैसँग नडराऊ परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले यस्तै गर्ने आदेश दिनु भएको छ।’

22 “तर तिमीहरू सबै मकहाँ आएर भन्यौ, ‘पहिले हामी केही मानिसहरू त्यहाँ पठाऊँ तिनीहरूले त्यो भूमिको निर्कोल गर्नेछन् हामी कुन बाटो भएर कुन-कुन शहरहरू भएर त्यस भूमिमा पुग्नेछौं, त्यस विषयमा समाचार ल्याउनेछन्।’

23 “तिमीहरूको कुरा मन पराएर मैले तिमीहरूको प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छानें। 24 तब ती मानिसहरू पहाडतिर लागे अनि एशकोलको बेंसीमा पुगेर त्यहाँ सब खोजीनिधि गरे। 25 तिनीहरू फर्केर आउँदा त्यहाँबाट हाम्रो निम्ति केही फलहरू ल्याए अनि त्यो भूमिको विषयमा बताउँदै ‘परमप्रभु हाम्रा परमेश्वरले हामीलाई राम्रो भूमि दिनु हुँदैछ भने।’

26 “तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा अवहेलना गरी त्यो भूमि भएको ठाउँमा जान अस्वीकार गर्यौ। 27 तिमीहरू छाउनीमा गयौ अनि गुनासो पोख्दै भन्यौ, ‘परमप्रभुले हामीलाई घृणा गर्नुहुन्छ, परमप्रभुले हामीलाई एमोरी मानिसहरूद्वारा नाश पार्न मिश्र देशबाट यहाँ ल्याउनु भयो। 28 अब हामी कहाँ जान सक्छौं? हाम्रा बाह्र जना जासूस दाज्यू भाइहरूको समाचारले हामीलाई भयभीत बनाएको छ। तिनीहरू भन्दछन् “त्यस भूमिका मानिसहरू हामी भन्दा ठूला र अग्ला छन्। आकाश जति अग्ला पर्खाल भएका शहरहरू छन्। अनि तिनीहरूले त्यहाँ राक्षसहरू देखे।”’

29 “यसकारण मैले तिमीहरूलाई भनें, ‘विरक्त नहोऊ, ती मानिसहरूसँग नडराऊ। 30 परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूकोअघि जानु हुनेछ अनि युद्ध गर्नु हुनेछ। उहाँले मिश्रका लागि गर्नु भए जस्तै उहाँले गर्नु हुनेछ। तिमीहरूले आफ्नो अघि गएको त्यहाँ देख्यौ। 31 तिमीहरूले देखेका छौ एकजना मानिसले आफ्नो छोरोलाई कसरी बोकेर लान्छ त्यसरी नै परमप्रभुले तिमीहरूलाई लानुहुन्छ। परमप्रभुले तिमीहरूलाई यस ठाउँसम्म बचाएर ल्याउनु भएको छ।’

32 “तर अझ पनि तिमीहरू परमप्रभु आफ्नो परमेश्वरलाई विश्वास गर्दैनौ। 33 जब तिमीहरू यात्रा गरिरहेका थियौ छाउनी कहाँ बनाउनु पर्ने निश्चय गर्नुको निम्ति परमप्रभु तिमीहरूको अघि जानु भयो। तिमीहरूलाई बाटो देखाउनु उहाँ राती आगोमा अनि दिउँसो बादलमा जानु भयो।

मानिसहरूलाई कनान जान दिइएन

34 “तिमीहरूले के भन्यौ परमप्रभुले सुन्नु भयो र क्रोधित हुनुभयो। उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो, 35 ‘तिमी दुष्ट मानिसहरू मध्ये कसैले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसार त्यस असल देशमा पस्न पाउने छैन। 36 यपून्नेको छोरो कालेबले मात्र त्यो देश देख्नु पाउनेछ। कालेबले टेकेको भूमि म उसलाई र उसका सन्तानलाई दिनेछु। किनभने मैले दिएका सम्पूर्ण आज्ञाहरू उसले पालन गर्यो।’

37 “तिमीहरूको कारण परमप्रभु पनि मसित रिसाउनु भएको थियो। उहाँले मलाई भन्नुभयो, ‘मोशा, तिमी पनि त्यस भूमिमा पस्न सक्तैनौ। 38 तर नूनका छोरा तिम्रो सहायक यहोशू त्यस भूमिमा जान सक्छन् तिनलाई उत्साह देऊ किनभने इस्राएलीहरूलाई त्यो भूमि आफ्नो पार्न तिनी अगि बढ्नेछन्।’ 39 अनि परमप्रभुले हामीलाई भन्नुभयो, ‘तिमीहरूको बालबच्चाहरू शत्रुहरूले लिएर जानेछन् भनेर तिमीहरूले भन्यौ तर ती नानीहरू त्यस भूमिमा जानेछन्। म ती नानीहरूलाई दोष दिने छैन कारण तिनीहरू अहिले अबुझ छन्, यसकारण म त्यो भूमि तिनीहरूलाई दिनेछु अनि तिनीहरूले त्यो भूमि आफ्नो भनी लिनेछन्। 40 तर तिमीहरू लाल समुद्र पुग्ने उजाड भूमि तिरको बाटो भएर जानु पर्छ!’

41 “तब तिमीहरूले भन्यौ, ‘मोशा, हामीले परमप्रभु अघि पाप गरेका छौं। तर अब हामी परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अघि आदेश गरे अनुसार लडाइँ गर्नेछौं।’

“तिमीहरूले पहाडी देशमा आक्रमण गर्ने तयारी शुरू गर्यौ अनि तिमीहरू सबैले आफ्नो हतियारहरू भिर्यौं। 42 तर परमप्रभुले मलाई भन्नुभयो, ‘मानिसहरूलाई पहाडमा गएर लडाइँ नगर्नु भन, किनभने परमप्रभु तिनीहरूसँग हुनु हुँदैन र शत्रुहरूले तिनीहरूलाई परास्त गर्नेछन्।’

43 “मैले तिमीहरूलाई भने तर तिमीहरूले सुनेनौ अनि तिमीहरूले परमप्रभुको आदेशको अवहेलना गर्यौ। तिमीहरूले गर्व गरेर काम गर्यौ अनि पहाडी देशमाथि आक्रमण गर्न गयौ। 44 तर पहाडी देशमा बस्ने अमोरीहरूले तिनीहरूको विरूद्ध युद्ध गरे अनि तिनीहरूलाई सेइरदेखि होर्मामसम्म खेदे। तिनीहरूले एउटा मौरीको हूल झैं तिमीहरूलाई खोजीरहे। 45 तब मात्र तिमीहरूले परमप्रभुलाई सहायता माग्यौ तर परमप्रभुले तिमीहरूको केही सुन्नु भएन। 46 यसकारण तिमीहरू कादेशमा धेरै समयसम्म बस्यौ।

लूका 5:29-6:11

29 तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसँगै मेजमा खाँदथे, 30 तर फरिसहरू र तिनीहरूका शास्त्रीहरू उहाँको चेलाहरूको विरुद्धमा यसो भन्दै गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसित किन खान पीन गर्छौ?”

31 येशूले उत्तर दिनु भयो, “निरोगीलाई वैद्यको आवश्यक पर्दैन, तर रोगीहरूलाई मात्र वैद्यको आवश्यकता पर्छ। 32 म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अह्राउनु यहाँ आएको हुँ।”

येशूद्वारा उपवास सम्बन्धीको प्रश्नमा उत्तर

(मत्ती 9:14-17; मर्कूस 2:18-22)

33 तिनीहरूले येशूलाई भने, “फरिसीहरूले झैं यूहन्नाको चेलाहरूले पनि समय समयमा उपवास र प्रार्थना गर्दछन्। तर तपाईंको चेलाहरू त सधैँ खान्छन् र पिउँछन्।”

34 येशूले तिनहरूलाई भन्नुभयो, “कुनै पनि विवाहमा, जन्तीहरूलाई दुलहा तिनीहरूका साथमा बसुन्जेल उपवास बस्न सक्तैन। 35 तर समय यस्तो आउँछ जब दुलहा तिनीहरूबाट छुट्टिनु पर्दछ। त्यस समय तिनीहरू उपवास बस्नेछन्।”

36 येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः “कुनै मानिसले नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। किनभने त्यसो गरे नयाँ लुगा बिग्रन्छ, अनि टालेको टुक्रा पुरानो लुगासँग मिल्दैन। 37 कसैले पनि नयाँ दाखरसलाई पुरानो दाखरसको मशकमा भर्दैंन। किनभने नयाँ दाखरसले मशकहरू फुटाउँछ, जसले गर्दा दाखरस चुहेर जान्छ औ मशकहरू पनि नष्ट हुन्छ। 38 मानिसहरूले सधैँ नयाँ दाखरसलाई नयाँ मशकामा राख्छन्। 39 कसैले पनि पुरानो दाखरस पिए पछि नयाँ दाखरस पिउन खोज्दैन। किनभने उसले भन्छ, ‘पुरानो दाखरस नै असलछ।’”

विश्रामको दिनको येशूनै प्रभु

(मत्ती 12:1-8; मर्कूस 2:23-28)

एक समय, विश्रामको दिनमा येशू अन्नको खेत भएर जाँदै हुनुहुन्थयो। उहाँका चेलाहरूले अन्नका बालाहरू टिप्दै तिनीहरूको हातमा माँडेर खाए। कोही फरिसीहरूले भने, “तिमीहरू किन त्यसो गर्दैंछौ? विश्रामको दिनमा यसो गर्नु मोशाको व्यवस्थाको विरुद्ध हो?”

येशूले उत्तर दिनुभयो, “तिमीहरूले पढेका छैनौ, दाऊदले जब तिनी र तिनीसित हुनेहरू भोकाएका थिए तब केगरेका थिए? दाऊद परमेश्वरको मन्दिरमा गए अनि तिनले परमेश्वरलाई चढाएको रोटी लिए अनि खाए। अनि तिनले रोटीहरू आफूसँग हुने मानिसहरूलाई बाँडे। वास्तवमा यो मोशाको व्यवस्था विरुद्ध थियो। व्यवस्था अनुसार केवल पूजाहारीरूलाई मात्र यस्तो रोटी खाने अनुमति छ।” अनि येशूले फरिसीहरूलाई भन्नुभयो, “मानिसका पुत्र नै विश्राम दिनको प्रभु हुन्।”

विश्रामको दिनमा येशूद्वारानै एकजना मानिस निको

(मत्ती 12:9-14; मर्कूस 3:1-6)

अर्को एक विश्रामको दिन येशू सभा घरमा जानु भयो। उहाँले मानिसहरूलाई शिक्षा दिनु भयो। एकजना दाहिने हात सुकेको मानिस त्यहाँ थियो। शास्त्रीहरू र फरिसीहरू त्यो विश्रामको दिन पनि येशूले कसैलाई निको पार्छन् कि भनेर हर्दैं बसिरहेका थिए। तिनीहरू चाहन्थे येशूबाट केही भूल होस् अनि उनलाई दोष लगाउन पाइयोस्। तर येशूले तिनीहरूले के विचार गर्दैंछन् भनी बुझी हाल्नु भयो। उहाँले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “उठ, अनि यी मानिसहरूको अघाडि उभ।” यसकारण त्यो मानिस जुरूक्कै उठ्यो अनि त्यहाँ उभियो। येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्दछु विश्रामको दिन के काम गर्न उचित होलाः राम्रो वा नराम्रो? प्राण बँचाउनु वा नाश गर्नु?”

10 येशूले ती वरिपरि बसेका सबैलाई हेर्नु भयो। अनि त्यस मानिसलाई भन्नु भयो, “खोई मलाई तिम्रो हात हेर्न देऊ।” त्यस मानिसले उहाँलाई हात देखायो। त्यसको हात तुरन्तै निको भइहाल्यो। 11 फरिसीहरू र शास्त्रीहरू साह्रै रिसाए। तिनीहरू आपसमा तर्क गर्न लागे, “येशूलाई हामीले के गर्नु पर्ने हो?”

भजनसंग्रह 66

प्रमुख संगीतकारलाई: प्रशंसाको गीत।

पृथ्वीमा भएका प्रत्येकले चिजले, परमेश्वर प्रति आनन्द सहित चिच्याउँछ।
उहाँको नाउँको महिमाको प्रशंसा गर!
    स्तुति-गानहरूले उहाँको सम्मान गर!
उहाँको कार्यहरू कति अद्भूतपूर्ण छन् भन!
    परमेश्वर तपाईंको शक्ति महान् छ।
    तपाईंका शत्रुहरू झुक्छन्।
    तिनीहरू तपाईंसँग डराउँदछन्।
सारा पृथ्वीले तपाईंको उपासना गरून,
    प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।

परमेश्वरले गर्नु भएको कामहरू हेर!
    ती कुराहरूले हामीलाई छक्क पार्छ।
परमेश्वरले सुक्खा धर्तीमा समुद्र बनाउनु भयो।
    उहाँका सुखी भक्तजनहरूले हिंडेर नदी पार गरे।
    प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
परमेश्वरले आफ्ना महान् शक्तिद्वारा संसार चलाउनु हुन्छ,
    उहाँले मानिसहरूलाई चारैतिर विचार्नु हुन्छ।
    कोही पनि उहाँको विरूद्धमा जान सक्तैनन्।

हे जातिहरू हो! हाम्रा परमेश्वरको गुण-गान गर।
    ठूलो स्वरले उहाँको गुण-गान गर।
मानिसहरूलाई जीवन दिनु भयो।
    अनि हाम्रो रक्षा उहाले गर्नुभयो।
10 मानिसहरूले चाँदीलाई आगोले खारे जस्तै, परमेश्वरले हाम्रो मन जाँन्नुभयो।
11 हे परमेश्वर, तपाईंले हामीलाई पासोमा पार्नु भयो।
    तपाईंले हामीलाई गह्रौं भारी बोकाउनु भयो।
12 तपाईंले आगो र पानी माथिबाट
    टाउको समातेर हामीलाई तान्नु भयो,[a]
    त्यसैले तपाईंले हामीहरूलाई आश्चर्यचकित पार्नु भएकोछ।
13-14 यसैकारण, म तपाईंको मन्दिरमा होमबलि अर्पण गर्नेछु।
जब-जब म सङ्कटमा परें तब तपाईंको सहयोग मागें।
    मैले तपाईंसँग प्रतिज्ञाहरू गरेको थिएँ।
अब, म तपाईंलाई ती चीजहरू दिइरहेछु जुन मैले प्रतिज्ञा गरेथें।
15     म तपाईंलाई पापमय बलिहरू अर्पण गर्नेछु,

म तपाईंलाई भेंडाहरू सहित धूपहरू चढाउँने छु,
    म साँढेहरू र बाख्राहरू चढाउने छु।

16 तिमीहरू सबैले परमेश्वरको उपासना गरिरहने छौ।
    आऊ, अनि म तिमीहरूलाई भन्ने छु परमेश्वरले मेरो निम्ति के गर्नुभयो।
17-18 मैले उहाँलाई प्रार्थना गरें,
    र मेरो जिब्रोबाट उहाँको गुणगान गरें।
मेरो हृदय शुद्ध थियो,
    यसैले मेरो स्वामीले मलाई सुन्नुभयो।
19 परमेश्वरले मलाई सुन्नुभयो।
    परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो।
20 परमेश्वरको प्रशंसा गर!
    परमेश्वर मबाट विमुख हुनु भएन, उहाँले मेरो प्रर्थाना सुन्नुभयो।
    उहाँले आफ्नो प्रेम मलाई दर्शाउनु भयो।

हितोपदेश 11:24-26

24 त्यहाँ एकजना मानिस छ जसले उदार हातले दिन्छ तर उसले धेरै पाउँदै जान्छ अनि त्यहाँ अर्को मानिस छ जसले दिनु पर्ने चीज दिन अस्वीकार गर्छ तर ऊसँग सामान कम्ति-कम्ति हुँदै जान्छ।

25 उदार मानिसले उन्नति गर्छ अरूको तिर्खा मेटाउने मानिसको आफ्नो पनि तिर्खा मेटिन्छ।

26 एकजना मानिस जसले अन्न बेच्न अस्वीकार गर्छ[a] उसले श्राप पाउँछ। तर जसले इच्छा र ईमान्दारी पूर्वक बेच्छ उसले आशीर्वाद पाउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International