Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 6-7

नाजिरीहरू

परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने। त्यस व्यक्तिले आफूलाई दाखरस अथवा कुनै मद्यबाट अलग राख्नु पर्छ अथार्त त्यो व्यक्तिले कुनै प्रकारको मद्य अथवा नशालु चीज खानु अथवा पिउनु हुँदैन। अनि त्यस व्यक्तिले कुनै दाखको रस अथवा दाखको रस हालेको केही पनि खानु हुँदैन। त्यस व्यक्तिले ताजा होस् अथवा सुकेको, दाख खानु हुँदैन। जबसम्म व्यक्ति नाजिरी रहन्छ, पुरूष अथवा स्त्रीले दाखहरूको बोक्रा अथवा गेडा सम्म खानु हुदैन।

“त्यस व्यक्तिले आफू नाजिरी भई बसेको समयमा त्यो व्यक्तिले उसको केश काट्नु अथवा खौरनु हुँदैन। आफू परमप्रभुको निम्ति अलग भई बसुन्जेल पवित्र रहनु पर्छ र उसले आफ्नो केश लामो राख्नु पर्छ।

“जतिन्जेल सम्म उसले आफूलाई परमप्रभुका निम्ति नाजिरी रूपमा राख्छ ऊ कुनै मुर्दाको नजिक जानेछैन। उसको आफ्नो बाबु-आमा, दाज्यू-भाइ, दिदी-बहिनी जो पनि मरोस् मुर्दाको छेउमा जानु हुँदैन, उसले तिनीहरूको निम्ति आफूलाई अशुद्ध नबनाओस् किनभने आफ्नो परमेश्वरका निम्ति आफैं नाजिरी भएको चिन्ह उसको आफ्नो शिरमा छ। जति दिन सम्म तिनी परमप्रभुको लागि अलग रहन चाहन्छ त्यो व्यक्ति परमप्रभु प्रति पवित्र रहन्छ। अनि यदि कोही हठात उसैको नजिकै मर्छ अनि उसलाई अशुद्ध बनाउँछ भने परमप्रभुका निम्ति पालिएको उसको कपाल सातौं दिनमा खौरिनु पर्छ। 10 तब आठौं दिनमा उसले दुइवटा ढुकुरको बच्चा अथवा दुइवटा परेवाको बच्चा भेट हुने पालको प्रवेशद्वारमा ल्याई पूजाहारीलाई दिओस्। 11 तब ती दुइवटा ढुकुर अथवा परेवा पूजाहारीले एउटा पापबलिको निम्ति चढाउँछ अनि अर्को होमबलिको निम्ति चढाउँछ। ऊ मुर्दाको छेउमा भएर गरेको पापको निम्ति उसले त्यसको लागि प्राश्चित गर्नु पर्छ। त्यस दिन त्यस व्यक्तिले फेरि आफ्नो शिर शुद्ध पार्छ। 12 अनि फेरि आफूलाई परमप्रभुको निम्ति अलग राख्छ र एउटा एक बर्षको थुमा ल्याएर दोषबलिको निम्ति चढाउँछ। उसको अर्पण गरिएको कपाल अशुद्ध भएको कारण पहिले अलग बसेको समय गन्तीमा नलिई नयाँ शुरू गर्नु पर्छ। पहिले गरेको समयमा मुर्दा स्पर्श गरी अशुद्ध भएको हुनाले उसले यस्तो गर्नुपर्छ।

13 “उसको अलग रहने समय समाप्त भए पछि नाजिरी भेट हुने पालको प्रवेशद्वारमा जानु पर्छ, 14 अनि परमप्रभुलाई एउटा उपहार चढाऊनु पर्छ। उसको उपहार यस्तो हुनु पर्छः

एउटा एक बर्षे निष्खोट थुमा होमबलिको निम्ति;

एउटा एक बर्षे निष्खोट भेंडा पापबलिको निम्ति र

एउटा निष्खोट भेंडा र एउटा निष्खोट साँढे भेंडा मेल बलिको लागि चढाउनु पर्छ।

15 एक डालो मिहिन पीठोमा तेल मिसाएर बनाएको अखमिरी रोटी।

यी रोटीहरूमा तेल छर्केको हुनु पर्छ।

अन्नबलि र अर्घबलि पनि यी उपहारहरूका अंश हुन्।

16 “पूजाहारीले यी सबै चीजहरू परमप्रभुलाई चढाऊन् र पापबलि र होमबलि चढाऊन्। 17 त्यस पछि पूजाहारीले मेलबलिको निम्ति एउटा भेंडा अखमिरी रोटीको डालोसितै चढाऊन्। पूजाहारीले आवश्यक अनुसार अन्नबलि र अर्घबलि पनि चढाऊन्।

18 “अब भेट हुने पालको द्वारमा जाऊ, नाजिरीले उसको केश खौरोस् अनि यसलाई आगोमा जलाओस् जहाँ मेल बलि सेकाउँथे।

19 “पूजाहारीले भेंडाको उसिनेको कंध र डालोबाट एउटा रोटी र एउटा फुलौरा नाजिरीको हातमा दिऊन्। 20 त्यसपछि पूजाहारीले ती सब उपहारहरू डोलाउने बलिको रूपमा परमप्रभुको अघि डोलाउन्। मेलबलिका निम्ति चढाइएको भेंडाको ह्याकुलो र सर्प्रो पनि यी सब चीजहरू सहित पूजाहारीको पवित्र भाग हुन्छ। त्यस पछि त्यो नाजरीले यो दाखरस पिउन सक्छ।

21 “यी नियमहरू नाजिरीले परिपूर्ण गर्ने शपथ हुन्। त्यस व्यक्तिले यी सब चीजहरू परमप्रभुलाई चढाउनै पर्छ। यदि कसैले यस भन्दा अधिकको भाकल गर्छ भने तब उसले आफ्नो वचन राख्नु नै पर्छ। तर उसले यी नियमहरू नाजिरीको निम्ति राख्नु पर्छ।”

पूजाहारीले दिने आशीर्वाद

22 परमप्रभुले मोशालाई भन्नुभयो, 23 “हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिँदा यसो भन्नु,

24 ‘परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिऊन् र रक्षा गरून्।
25 परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्,
    अनि तिमीहरूमाथि अनुग्रह गरून्।
26 परमप्रभुले तिमीहरू माथि दया दृष्टि राखुन्,
    अनि तिमीहरूमा शान्ति दिऊन्।’

27 यस रीतिले जब इस्राएलका मानिसहरूलाई अशीर्वाद दिंदा हारून र उसका छोराले मेरो नाम मानिसहरूमाथि लगाउछन् अनि म तिनीहरूलाई आशीष दिनेछु।”

पवित्र पालमा समर्पण

जब मोशाले पवित्र पाल खड़ा गरी सके उसले यसलाई अभिषेकद्वारा परमप्रभुमा समर्पण गरे अनि पवित्र पाल, यसको वस्तुहरू, वेदी अनि यससित भएका सबै कुराहरू बनाए।

इस्राएलका मानिसहरूको गन्ती हुदाँ यसका जिम्मावार मानिसहरूका परिवार, प्रधानहरू, र कुल नायकहरूले परमप्रभुलाई उपहारहरू चढाए। तिनीहरूले 12 वटा गोरूहरूले तानेर ल्याएको 6 वटा ढाकिएको गाड़ाहरू परमप्रभुका निम्ति उपहारहरू ल्याए। प्रत्येक दुइजना अगुवालाई तिनीहरूले एउटा गाडा र प्रत्येक अगुवालाई एउटा साँढे दिए। तिनीहरूले यी उपहारहरू पवित्र पालमा चढाए।

परमप्रभुले मोशालाई भन्नुभयो, “तिनीहरूबाट यी उपहारहरू ग्रहण गर ताकि यी उपहारहरू भेट हुने पालको काममा चलाउन सकीन्छ। यी सब चीजहरू लेवीहरूले तिनीहरूको कामको सहायतार्थ प्रयोग गर्न सक्छन्।”

यसर्थ मोशाले ती गाड़ाहरू र गोरूहरू लिएर लेवीहरूलाई दिए। मोशाले गेर्शोनीहरूलाई तिनीहरूको कामको निम्ति दुइवटा गाड़ाहरू र चारवटा गोरूहरू दिए। तिनले चारवटा गाड़ाहरू र आठवटा गोरूहरू पूजाहारी हारूनका छोरा ईतामारको निर्देशनमा काम गर्नलाई मरारीहरूलाई दिए। कहातीहरूलाई तिनले केही पनि दिएनन् किनभने तिनीहरूले गर्नु पर्ने सेवा केवल पवित्र सर-सामानहरू काँधमा बोक्नु मात्र थियो।

10 जब वेदी अभिषेक गरियो वेदीमा चढाऊन प्रधानहरूले उपहारहरू ल्याए। प्रधानहरूले उपहारहरू वेदीमा ल्याए। 11 परमप्रभुले मोशालाई भन्नुभयो, “प्रत्येक दिन एकजना प्रधानहरूले तिनीहरूको उपहार ल्याऊन्।”

12 यहूदा कुलका नायक अम्मीनादाबका छोरा नहशोनले पहिलो दिन आफ्नो उपहार चढाए।

13 तिनको उपहार यस प्रकारको थियोः तिनको उपहारमा पवित्र-स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल सत्तरी शेकेल परिमाणको एउटा छर्कनेबाटा यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो, 14 दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 15 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे थुमा, 16 पापबलिको निम्ति एउटा बोको। 17 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा।

18 दोस्रो दिन इस्साकारका कुलनायक सूआरको छोरो नतनेलले आफ्नो उपहार ल्याए। 19 तिनले ल्याएको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल चाँदीको थाल, सत्तरी शेकेल चाँदी परिमाणको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो। 20 दश शेकेल चाँदीको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 21 होमबलिको निम्ति एउटा जवान साढे, एउटा भेंडा तथा एउटा एक बर्षे थुमा, 22 पापबलिको निम्ति एउटा बोको, 23 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। सूआरको छोरो नतनेलको उपहार यस्तो थियो।

24 तेस्रो दिन हेलोनका छोरा जबूलून कुलनायक एलीआबले उपहार चढाए। 25 तिनले चढाएको उपहार यस प्रकार थियो पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएका थिए, 26 दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 27 होमबलिको निम्ति एउटा जवान गोरू, एउटा साँढे भेंडा अनि एउटा एक बर्षे थुमा, 28 पापबलिको निम्ति एउटा बोको, 29 मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। हेलोनको छोरो एलीआबको उपहार यस्तो थियो।

30 चौथो दिन रूबेन कुल नायक सदेऊरका छोरो एलीसूरले उपहार चढाए। 31 तिनको उपहार यस प्रकारको थियोः पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएको थियो, 32 दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 33 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एउटा एक बर्षे थुमा, 34 पापबलिको निम्ति एउटा बोको, 35 मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। सदेऊरको छोरो एलीसूरको उपहार यस्तो थियो।

36 पाँचौं दिन सिमोनका कुल नायक सूरीशद्‌दैको छोरो शलूमीएलले उपहार चढाए। 37 तिनको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएका थिए, 38 दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 39 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एउटा एक बर्षे थुमा, 40 पापबलिको निम्ति एउटा वोको, 41 मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा सूरीशदूदैको छोरो शलूमीएलको उपहार यस्तो थियो।

42 छैटौं दिन गादका कुलनायक रूएलका छोरो एल्यासापले आफ्नो उपहार चढाए र 43 तिनको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजन भएको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो। 44 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो। 45 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे थुमा, 46 पापबलिको निम्ति एउटा बोको, 47 अनि मेल बलिको दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमा, रूएलको छोरो एल्यासापले चढाएको बलि यिनीहरू नै हुन्।

48 सातौं दिन एप्रैम वंशको प्रमुख अम्मीहूदको छोरो एलीशामाले उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकार थियो। 49 पवित्र स्थानमा चलाइने परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेल चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।

50 दश शेकेल सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 51 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे थुमा। 52 पापबलिको निम्ति एउटा वोको, 53 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीहूदको छोरो एलीशामाले चढाएको उपहारहरू यिनीहरू नै हुन्।

54 आठौं दिन मनश्शे कुलको नायक पदासूरका छोरो गमलीएलले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियोः 55 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।

56 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 57 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे एउटा थुमा, 58 पापबलिको निम्ति एउटा बोको, 59 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। पदासूरको छोरो गमलीएलले चढाएको बलि यिनीहरू नै हुन्।

60 नवौं दिन बिन्यामीन कुलका नायक गिदोनीको छोरो अबीदानले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो। 61 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो, 62 दश शेकेल ओजन गरिने सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 63 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे एउटा थुमा, 64 पापबलिको निम्ति एउटा बोको, 65 अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। गिदोनीको छोरो अबीदानले चढाएका बलिहरू यिनीहरू नै हुन्।

66 दशौं दिन दान कुलका नायक अम्मीशद्‌दैको छोरो अहीएजेरले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियोः 67 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल ओजन चाँदीको थाल, सत्तरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो, 68 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 69 होम बलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे एउटा थुमा, 70 पापबलिको निम्ति एउटा बोको, 71 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीशद्‌दैनको छोरो अहीएजेरले चढाएको बलिहरू यिनीहरू नै हुन्।

72 एघारौं दिन आशेर कुलका नायक ओक्रानका छोरो पगीएलले आफ्नो उपहार चढाए। 73 उसद्वारा चढाएको उपहार यस प्रकार थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेलको चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो। 74 दश शेकेल ओजनको सुनको एउटा ठुलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 75 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे एउटा थुमा, 76 पापबलिको निम्ति एउटा बोको, 77 अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। ओक्रानको छोरो पगीएलले चढाएको बलिहरू यिनीहरू नै हुन्।

78 बाह्रौं दिन नप्ताली कुलका नायक एनानको छोरो अहीराले आफ्नो उपहार चढाए। 79 तिनले चढाएको उपहार यस प्रकार थियोः पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो, 80 दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो। 81 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे एउटा थुमा, 82 पापबलिको निम्ति एउटा बोको, 83 अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। एनानको छोरा अहीराले चढाएको बलि यिनीहरू नै हुन्।

84 मोशाले वेदी अभिषेक गरेको समयमा इस्राएली मानिसहरूका कुल नायकहरूले चढाएका उपहार यिनीहरू नै थिए। बाह्रवटा चाँदीको थाल, बाह्रवटा चाँदीको भाँडा, बाह्रवटा सुनको ठूलो धूपौरो। 85 प्रत्येक चाँदीको थालको ओजन एकसय तीस शेकेल अनि प्रत्येक चाँदीको भाँडाको ओजन सत्तरी शेकेल थियो। भाँडा-कुँडाहरूको जम्मै चाँदीको तौल पवित्र स्थानको शेकेलको तौल बमोजिम 2,400 शेकेल थियो। 86 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार, बाह्रवटा सुनको धूपौरोहरूको ओजन एउटाको दश शेकेल गरी जम्मा एक सय बीस शेकेल थियो।

87 होमबलिको निम्ति चढाइएका पशुहरू जम्मा बाह्रवटा जवान गोरू, बाह्रवटा एक बर्षका पाठा भेंडा, तिनीहरूलाई चाहिने अन्नबलि सहित बाह्रवटा थुमाहरू र पापबलिको निम्ति बाह्रवटा बोकाहरू थिए। 88 मेलबलिको निम्ति चढाइएको पशुहरूको जम्मा संख्या-चौबिसवटा गोरू, साठ्ठीवटा भेंडा, साठ्ठीवटा बोका र साठ्ठीवटा एक बर्षे थुमा थिए। वेदी अभिषेक गरिएको समयमा चढाइएको उपहारहरू यी नै हुन्।

89 परमेश्वरसित कुरा गर्न जब मोशा भेट हुने पालभित्र गए, करारको सन्दूकमाथिको कृपा-आसनमा दुइजना करूब स्वर्गदूतहरूको माझबाट परमेश्वरले तिनीसँग बोलिरहेको आवाज सुने। यसरी परमेश्वरले तिनीसित कुरा गर्नुभयो।

मर्कूस 12:38-13:13

येशूद्वारा शास्त्रीहरूको आलोचना

(मत्ती 23:6-7; लूका 11:43; 20:45-47)

38 येशूले लगातार सिकाउनु भयो। उहाँले भन्नुभयो, “शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामा वस्त्रहरू पहिरिएर आफूलाई प्रमुख देखाउनको निम्ति हिँड्न मन पराउँछन्। अनि तिनीहरू आफूलाई बजारमा हुँदा मानिसहरूले तिनीहरूलाई आदर गरून् भन्ने चाहन्छन्। 39 सभाघरहरूमा पनि तिनीहरूले अति मुख्य ठाउँहरू ओगट्न चाहन्छन्। अनि भोजहरूमा पनि त्यसरी नै आदरका ठाउँहरूमा बस्न चाहन्छन्। 40 तिमीहरू विधवाहरूसँग कप्ट्याइँ गर्दछन् र तिनीहरूलाई लुट्छन्। अनि आफैंले लोकचारको निम्ति लामो लामो प्रार्थनाहरू गर्ने गर्दछन्। परमेश्वरले तिनीहरूलाई धेरै दण्ड दिनुहुनेछ।”

विधवाद्वारा भेटी चढाएको अर्थ बुझाउने चेष्टा

(लूका 21:1-4)

41 येशू मन्दिरको ढुकुटी सामु बस्नुभयो जहाँ आएर मानिसहरूले पैसा चढाउने गर्दथे। उहाँले धेरै धनी मानिसहरूले मन्दिरको ढुकुटीमा धेरै पैसा हालेको हेर्नुभयो। 42 तब एउटी गरीब विधवा आई अनि दुइवटा स-साना ताँमाका सिक्काहरू दिई। ती सिक्काहरूको मूल्य एक पैसा भन्दा कम थियो।

43 येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यो गरीब विधवाले खाली दुइवटा स साना सिक्काहरू चढाई। तर वास्तवमा अरू धनी मानिसहरूले दिएको भन्दा त्यसले धेरै दिई। 44 ती मानिसहरूको धेरै छन्, तर तिनीहरूले आफूलाई नचाहिएको मात्र दिएका छन्। त्यो स्त्री धेरै गरीब छे। तर त्यसले आफूमा भएको सबै नै दिई। अनि त्यसले ती पैसाहरू आफूलाई मद्त पुर्याउनको लागि नै हो भन्ने ठानी।”

भविष्यमा मन्दिर ध्वंश

(मत्ती 24:1-25; लूका 21:5-24)

13 येशूले मन्दिरको इलाका छोडन लाग्नु भएको थियो। कुनै एकजना चेलाले उहाँलाई भने, “गुरूज्यू हेर्नुहोस्। यी मन्दिरको भवनहरू धेरै ठूला-ठूला ढुङ्गाहरूले बनाएर अति सुन्दर भएको छ।”

येशूले भन्नुभयो, “के तिमीहरू यो ठूला भवनहरू देख्छौ? यी भवनहरू सबै ध्वंस हुनेछ। प्रत्येक ढुङ्गा भूईँमा फ्याँकिनेछ। एउटामाथि अर्को कुनै ढुङ्गा त्यहाँ रहने छैन।”

त्यसपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। उहाँ पत्रुस, याकूब यूहन्ना र आन्द्रियाससँग अलग्गै हुनुहुन्थ्यो। तिनीहरू सबैले मन्दिर देख्न सके। तिनीहरूले येशूलाई सोधे, “हामीलाई भन्नुहोस् कहिले यस्तो घट्ना घट्ने छ? अनि यी सब घट्ना हुनलाग्दा के संकेत हुनेछ?”

येशूले चेलाहरूलाई भन्नुभयो, “होशियार रहो! कसैले तिमीहरूलाई मूर्ख नबनाओस्। धेरै मानिसहरू मेरा नाममा आउनेछन्। तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ।’ अनि तिनीहरूले धेरै मानिसहरूलाई मूर्ख तुल्याउनेछन्। तिमीहरूले लडाईको बारेमा सुन्न पाउनेछौ। अनि अरू हुने लँडाईहरूको बारेमा पनि कथाहरू सुन्नेछौ। तर डराऊनु पर्दैन। अन्तको समय आउन अघिनै यी घट्नाहरू घट्नेछ। राष्टहरू अन्य राष्ट्रहरूसित लडाई गर्नेछन्। राज्य राज्यहरू माझ लडाई चल्नेछ। विभिन्न ठाउँहरूमा भूकम्प जानेछ। यस्तो समय पनि आउने छ जतिबेला खानलाई केही कुरा हुनेछैन। त्यस समयमा नयाँ जन्म हुने प्रार्थमिक समयमा जस्तै कष्टपूर्ण हुनेछ।

“तिमीहरू होशियारी बस। मानिसहरूले तिमीहरूलाई पक्रनेछन् अनि न्यायको लागि लैजानेछन्। तिनीहरूले सभाघरहरूमा तिमीहरूलाई पिट्नेछन्। तिमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनेछ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तीमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइन्छ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तिमीहरूले मलाई पछ्याएको कारणले गर्दा यी सबै हुनेछ 10 यस भन्दा अघिनै सबै जातिहरू सुसमाचार प्रचार गरिनु पर्नेछ। 11 तिमीहरू पक्राउ हुनेछौ अनि न्यायको भागी बन्नु पर्नेछ। तर तिमीहरूले त्यहाँ जे भन्नेछौ त्यस बारे डराउनु पर्ने छैन। त्यसबेला परमेश्वरले तिमीलाई जे दिनुहुन्छ त्यही भन्नु पर्नेछ। त्यसबेला वास्तवमा तिमी आफैं बोलिरहेको हुने छैनौं। पवित्र-आत्मा बोलिरहेको हुनेछ।

12 “दाज्यूभाइहरूले दाज्यूभाइहरूलाई मार्ने विश्वासघात गर्नेछन्। बाबुहरूले आफ्नै छोराहरूप्रति विश्वासघात गर्नेछन्। अनि मार्नेछन्। छोरा छोरीहरू पनि आफ्नै आमाबाबूहरूको विरूद्धमा उठ्नेछन् अनि तीनले आमाबाबूहरूलाई मार्नेछन। 13 सबै मानिसहरूले मलाई पछ्यायौ भनेर तिमीहरूलाई घृणा गर्नेछन्। तर जो चाँहि अन्त्यसम्म नै बलवान रहन्छ उ मात्रै बाँच्ने छ।

भजनसंग्रह 49

प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।

तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन।
    पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।
    प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुन्नु नै पर्छ।
म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु।
    मेरो विचारले तिमीहरूलाई बुझ्न सहायता गर्नेछ।
मैले स्वयंले ती कथाहरू सुनें
    अनि अब मेरो वीणासँग गाउने छु अनि त्यो संदेश तपाईंलाई प्रकट गर्ने छु।

कष्ट आउँछ भनेर म किन डराउनु?
    यदि दुष्ट-मानिसहरूले वरिपरि घेरेर मलाई पासोमा पार्ने कोशिश गर्छन् भने पनि म डराउने आवश्यकता छैन।
कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ।
    तर ती मानिसहरू मूर्खहरू हुन्।
कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन,
    अनि तिमीले परमेश्वरलाई घूस[a] दिन सक्तैनौ।
कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन
    जसद्वारा उसले आफ्नो जीवन किन्न सकोस्।
कुनै मानिसँग त्यस्तो प्रशस्त धन हुनेछैन
    जसद्वारा उसले अनन्त बाँच्ने अधिकार किन्न सकोस्,
    अनि आफ्नो जीवन चिहानमा सड्न देखि बचाउन सकोस्।
10 हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरी[b] मर्छन्।
    तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।
11 चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ।
    तिनीहरू जत्तिनै जग्गा-जमीनका मालिक हुन् त्यसले कुनै फरक पर्दैन!
12 मानिसहरू सम्पन्न हुन सक्लान, तर तिनीहरू यहाँ सधैँका लागि बाँच्न सक्तैनन्।
    तिनीहरू पशुहरू जस्तै मरेर जानेछन्।
13 ती मूर्खहरूसँग त्यही घटना हुनेछ
    जो आफ्ना सम्पत्तिसँग खुशी हुन्छन्।
14 ती मानिसहरू खाली भेंडा जस्तै हुन्।
    चिहान नै तिनीहरूको खोर हो।
मृत्यु तिनीहरूको गोठाला हुनेछन।
    त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्।
    जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन।
15 तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ,
    उहाँले मलाई पातालको शक्तिबाट बचाउनु हुनेछ जब उहाँले मलाई आफूसितै लैजानु हुने छ!

16 तिनीहरू धनी छन् भनेर मानिसहरूसित नडराऊ।
    तिनीहरूका सुन्दर घरहरू छन् भनी नडराऊ।
17 ती मानिसहरू मरेर गएपछि आफूसँग केही पनि लाँदैनन्।
    तिनीहरूले ती कुनै पनि सुन्दर चीजहरू लगेर जाने होइनन्।
18 एकजना धनी मानिसले आफ्नो जीवनमा कति राम्रो काम गरें भनेर आफूलाई नै बधाइ दिन सक्छ।
    अनि हो, अरू मानिसहरूले पनि उसले राम्रो काम गर्यो भनेर उसको प्रशंसा गर्न सक्छन्।
19 तर उसको मरणको समय आउनेछ अनि आफ्नो पिता-पुर्खाहरूकहाँ जान्छ,
    अनि उसले कहिल्यै पनि दिनको उज्यालो देख्ने छैन।
20 मानिसहरू सम्पन्न हुन सक्लान अनि अझै बुझ्दैनन्
    तिनीहरू पशुहरू जस्तै मर्ने छन्।

हितोपदेश 10:27-28

27 परमप्रभुको भयले मानिसको आयु बढाइ दिन्छ, तर दुष्ट मानिसको आयु घटूनेछ।

28 धर्मी मानिसका आशाहरू खुशीमा अन्त हुन्छन, तर दुष्ट मानिसहरूका आशाहरू शुन्यमा अन्त हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International