Add parallel Print Page Options

येशूले चार हजारभन्दा धेरै मानिसहरूलाई खुवाउनु भएको

(मर्कूस 8:1-10)

32 येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो, “यी मानिसहरूलाई देखेर मलाई दया लागेको छ। अहिले तिनीहरू मसँग तिनदिनदेखि छन्, अनि तिनीहरूको खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन चाहन्न घर जाने बाटोमा तिनीहरू मुर्छा पर्न सक्छन्।”

33 चेलाहरूले येशूलाई सोधे, “यी मानिसहरूलाई खुवाउन यति विघ्न भोजन हामी कहाँ पाउन सक्छौं? शहरदेखि हामी धेरै टाढा छौं।”

34 येशूले जवाफ दिनु भयो, “तिमीहरूसित कतिवटा रोटी छन्?”

चेलाहरूले जवाफ दिए, “हामीसित सातवटा रोटी र केही ससाना माछा छन्।”

35 येशूले सबैलाई भूईंमा बस्न भन्नुभयो। 36 येशूले सातवटा रोटी र केही माछा लिनुभयो। अनि भोजनकोलागि परमेश्वरलाई धन्यवाद दिनुभयो। उहाँले ती रोटीलाई भाँचेर चेलाहरूलाई दिनुभयो। तिनीहरूले मानिसहरूलाई बाँडिदिए। 37 सबै मानिसहरू खाए र तृप्त भए। चेलाहरूले उब्रेका रोटीको टुक्राहरू बटुले ती सात टोकरीभरि भए। 38 त्यहाँ प्राय चार हजार मानिसहरू थिए। जसले खाए। त्यसमा स्त्री र बालकहरू पनि थिए। 39 जब तिनीहरूले खाए येशूले तिनीहरूलाई आ-आफ्नो घर पठाउनुभयो अनि उहाँ एउटा डुङ्गामा चढेर मग्दानको क्षेत्रमा जानुभयो।

Read full chapter