Add parallel Print Page Options

महाभोजको एउटा दृष्टान्त

(मत्ती 22:1-10)

15 येशूसँग बसिरहेका धेरै मानिसहरू मध्ये एकजनाले यो कुरा सुन्यो। त्यस मानिसले येशूलाई भन्यो, “तिनीहरू ज-जसेल परमेश्वरको राज्यमा भोज खान पाउँछन्, तिनीहरू साँच्चैनै धन्य हुन्।”

16 येशूले त्यस मानिसलाई भन्नुभयो, “कुनै एउटा मानिसले विशाल भोजको व्यवस्था गरेको थियो। त्यसले धेरै मानिसहरूलाई बोलाएको थियो। 17 जब खाना खाने बेला भयो, त्यस मानिसले आफ्नो नोकरलाई पाहुनाहरूलाई बोलाउनु पठायो, ‘आउनुहोस् प्रत्येक चीज तयारी छ।’ 18 तर सबै पाहुनाहरूले भने कि तिनीहरू जान असमर्थ थिए। प्रत्येकले एक एक वहना बनाए। पहिलो मानिसले भन्यो, ‘मैले भर्खरै एउटा खेत किनेकोछु, यसर्थ यसलाई हेर्ने म जानै पर्छ। दया गरी माफ गर्नुहोस्।’ 19 अर्को मानिसले भन्यो, ‘मैले भर्खरै पाँच जोर गोरू किनेकोछु, त्यसले गर्दा म तिनीहरूलाई काम सिकाउन जानु पर्दछ। मलाई दया गरी माफ गर्नुहोस्।’ 20 तेस्रो मानिसले भन्यो, ‘मैले भर्खरै विवाह गरेको छु, म आउन सक्तिनँ।’

21 “त्यसपछि त्यो नोकर फर्कियो। त्यसले आफ्नो मालिकलाई वृतान्त सुनायो। मालिक अत्यन्तै रिसायो अनि भन्यो, ‘चाँढो गर। शहरका गल्ली र साँघुरो बाटो तिर जाऊ अनि गरीब मानिसहरू, लङ्गडा र अन्धो तथा लुलाहरूलाई ल्याऊ।’

22 “तब त्यस नोकरले मालिकलाई भन्यो, ‘मालिक तपाईंले जे भन्नु भएको थियो, त्यो मैले गरे, तर अझै अरू मानिसहरूलाई बसाउने ठाउँ छ।’ 23 मालिकले नोकरलाई भने, ‘मूल सडकहरू र गाँउले बाटोतिर जाऊ मानिसहरूलाई यता आउन भन ता कि घर भरियोस्। म तिमालाई भन्छु, 24 मेरो निम्तो पाउनेहरू मध्ये कसैले पनि मसँग भोज खान पाउने छैन।’”

Read full chapter