Add parallel Print Page Options

परमप्रभुको आउने समय

सियोनमा तुरही फुक,
    मेरो पवित्र पर्वतमा चेतावनीतको ध्वनि बजाऊ।
ती सबै मानिसहरूलाई जो यो देशमा बस्छन्,
डरले थरथर कामुन्?
    किनकी परमप्रभुको विषेश दिन आउँदैछ।
    परमप्रभुको विशेष दिन नजिकै छ।
त्यो दिन अन्धकार उदासी दिन हुनेछ।
    त्योदिन धेरै अँध्यारो र बादलले ढाकेको हुनेछ।
तिमीहरू विशाल र शक्तिशाली मानिसहरू,
पर्वतमा अन्धकार झैं फैलिंदै गरेको देख्ने छौ।
    तिनीहरू जस्ता धेरै संख्यामा मानिसहरू
पहिले त्यहाँ कहिल्यै पनि आएका थिएनन्
    अनि न त भबिष्यमा यस्तो हुनेछ।
तिनीहरूकोअघाडी आगोले भष्म पार्छ।
तिनीहरूको पछाडी आगोको ज्वाला दन्कन्छ।
    भूमी मानिसको सामुने अदनको बगैंचा झैं हुनेछ
अनि मनिसको पछि उजाड मरुभूमि जस्तै हुनेछ।
    त्यहाँ केही पनि रहने छैन।
सलहहरू घोडा जस्तै देखिन्छन्
    अनि तिनीहरू युद्धको घोडा जस्तै दौडन्छन्।
तिनीहरूलाई सुन!
तिनीहरूको ध्वनि युद्घको समयमा
    रथ पहाडमा चढ्दा भएको खैला-बैला जस्तै हुन्छ।
त्यो आवज भुस जलेर निस्केको
    आगोको ज्वाला जस्तै छ।
एक हुल शक्तिशाली मानिसहरू
    युद्घका निम्ति तत्पर हुँदाको जस्तै हुनेछ।
मानिसहरू तिनीहरूको अघि डरले थर-थर काम्छन्।
    तिनीहरू को अनुहार डरले पहेंलो हुन्छ।[a]

तिनीहरू योद्धाहरू झैं दगुर्छन्।
    तिनीहरू युद्धका मानिसहरू झैं पर्खालमाथि चढ्छन्।
प्रत्येक मानिस सोझो अघाडी बढछन्।
    तिनीहरू पंक्ति नबिगारी हिंडछन्।[b]
उनीहरू एक अर्कामाथि ठेलाठेल गर्दैनन्।
    प्रत्येक सेना आफ्नो बाटोमा हिंड्छन्।
यदि कुनै सेनालाई चोट लागेर लडे पनि
    अरू सेनाहरू अघि बढि रहन्छन्।
तिनीहरू कुदेर शहरमा पस्नेछन्
    अनी चाँडै पर्खाल माथि कुद्नेछन्।
तिनीहरू घरमाथि चढ्छन्,
    अनि झ्यालबाट चोरहरू जस्तै भित्र पस्छन्।
10 तिनीहरूको अगाडी पृथ्वी हल्लिन्छ, आकाश काम्छ।
    सूर्य र चन्द्रमा पनि अँध्यारो हुन्छ अनि तारा चम्कन छोड्छ।
11 परमप्रभुले आफ्नो सेनाहरूलाई ठुलो स्वरले बोलाउनु हुन्छ।
    उहाँको छाउनी अत्यन्त विशाल छ।
ती जसले परमप्रभुको आज्ञा पालन गर्छन्
    तिनीहरू धेरै संख्यामा छन्।
परमप्रभुको विशेष दिन महान् अनि डर लाग्दो हुनेछ।
    यो कसले सहन सक्छ र?

परमप्रभुले मानिसलाई परिवर्तन होऊ भन्नुहुन्छ

12 परमप्रभु भन्नु हुन्छ:
    “अहिले पनि तिमीहरू सम्पूर्ण हृदयले
उपवास बसेर रूँदै र शोक गर्दै मतिर फर्क।
13 लुगा होइन, तिमीहरू को हृदय फटएर रोऊ।”[c]
    परमप्रभु तिमीहरूका परमेश्वरकहाँ फर्केर आऊ।
उहाँ दयालु अनि करूणामय हुनुहुन्छ।
    उहाँ चाँडै रिसाउनु हुन्न।
उहाँ को प्रेम महान छ,
    दण्ड दिने बिषयमा उहाँले
जो निर्णय लिनु भएको छ
    त्यो उहाँले परिवर्तन गर्न सक्नु हुछ।
14 कसले जान्दछ, हुनसक्छ परमप्रभुले आफ्नो मन बद्लीन सक्नु हुन्छ।
    यो पनि हुनसक्छ उहाँले तिमीहरूलाई आशिष दिनुहुन्छ।
अनि फेरि तिमीहरूले परमप्रभु तिमीहरूका परमेशवरलाई
    अन्नबलि र अर्घबलि चढाउन योग्यका हुने छौ।

परमप्रभुलाई प्रार्थना गर

15 सियोनमा तुरहि फुक,
    महा-पबित्र सभा बोलाऊ।
    उपवासको विशेष समयलाई बोलाऊ।
16 मानिसलाई भेला गर।
    त्यो विशेष सभाकोलागि उनीहरूलाई बोलाऊ।
तिमीले बूढा-प्रधानहरू अनि नानीहरूलाई भेला गर।
    त्यो दुधे-बालकलाई पनि लिएर आऊ,
नयाँ दुलहा-दुलहीलाई
    सिधै तिनीहरूको कोठाबाट बोलाऊ।
17 पूजाहारीहरू, परमप्रभुका सेवकहरू
    मन्दिरको दलान वेदीको बिचमा रहुन्।
तिनीहरूले भनुन्, “हे परमप्रभु तपाईका मानिहरूलाई दया देखाउनुहोस्।
    तपाईंका मानिसलाई लज्जित हुन नदिनु होस्।
    तिनीहरूलाई राष्ट्रहरूको बिचमा हाँसोको पात्र नबनाउनु होस्।
तपाँईंले अन्य देशहरूलाई हाँस्दै भन्ने अवसर नदिनुहोस्,
    ‘तिनीहरूका परमेश्वर कहाँ हुनुहुन्छ?’”

परमप्रभुले तिम्रो देश फिर्ता दिनुहुन्छ

18 तब परमप्रभु आफ्नो भूमिको निम्ति अत्यन्तै जोशिलो हुनुभयो।
    उहाँ आफ्ना मानिसहरूमाथि करूणामय हुनुभयो।
19 परमप्रभुले आफ्ना मानिसहरूलाई उत्तर दिनु भयो।
    उहाँले भन्नुभयो, “म तिनीहरूका निम्ति अन्नहरू,
नयाँ दाखरस र तेल पठाउनेछु।
    जो तिमिहरूका निन्ति प्रशस्त हुनेछ।
    म तिमीहरूलाई अन्य जातिहरूको बिचमा हाँसोको पात्र बनिन दिने छैन।
20 त्यहाँ आएका उत्तरवासीहरूलाई[d] तिमीहरूको देशबाट हटाइदिनेछु।
    उनिहरूलाई बाँझो र उजाड देशमा पठाइदिनेछु,
त्यसमध्ये आधिलाई पूर्वको समुद्रपट्टि पठाई दिनेछु,
    अनि फेरि आधिलाई पश्चिमको समुद्रतर्फ पठाईदिनेछु।
उनीहरूले यस्तो घृणित कर्म गरेका छन्,
    उनीहरूसडेको दुर्गन्धमाथि उठ्नेछन्। तिनीहरूको नराम्रो गन्ध उँभो जानेछ।
तिनीहरूले धेरै घिनलाग्दा कामहरू गरेका छन्।”

फेरि देशलाई नयाँ बनाईने छ

21 हे देश नडरा!
    तँ खुशि भएर रमाइलो गर,
    किनकि परमप्रभुले ठूला-ठूला काम गर्नु हुनेछ।
22 हे जङ्गलका पशुहरू! नडराऊ,
    बनको उजाड खर्कमा हरियाली आउनेछ।
रूखहरूले फलदिन थाल्नेछन्।
    नेभाराको बोटहरू र दाखको बोटहरूले प्रशस्त फल दिनेछ।

23 हे सियोनका मानिसहरू! खुशीहोऊ।
    परमप्रभु, तिमीहरूका परमेश्वरसँग रमाऊ।
किनभने उहाँले तिमीहरूलाई राम्रो गर्नुहुनेछ।
    उहाँले तिमीहरूलाई अघिल्लो र पछिल्लो दुबै झरी,
    पहिला झैं पठाई दिनुहुन्छ।
24 अब खलाहरू गहुँले भरिपूर्ण हुनेछन्।
    अनि दाख-कुण्डहरू नयाँ दाखरस र तेलले भरिनेछन्।
25 “म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरूको बिरुद्धमा पठाएको थिएँ।
    ती काट्ने सलहहरू, ती बगाले सलहहरू
    अनि उफ्रने सलहहरूले तिम्रा सबै अन्नहरू खाइदिए।
तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु।
    तिमीहरू फेरि भरिभराऊ हुनेछौ।
26 फेरि तिमीहरूसँग प्रशस्त खानेकुरा हुनेछ।
    तिमीहरू सन्तुष्ट हुनेछौ र तिमीहरूले परमप्रभु
तिमीहरूका परमेश्वरको प्रशंसाको गीत गाउनेछौ।
    उहाँले तिम्रा निम्ति आश्चर्यचकित काम गर्नु भएकोछ।
अब मेरो मानिसहरू कहिल्यै लज्जित हुनेछैनन्।
27 अनि तिमीले थाहापाउनेछौ म इस्राएलको बीचमा छु।
    अनि फेरि तिमीले जन्नेछौ म परमप्रभु तिमीहरूको परमेश्वर हुँ,
    र म वाहेक अर्को कुनै परमेश्वर छैन।
मेरा प्रजाहरू फेरि कहिल्यै लज्जित हुनेछैनन्।”

परमेश्वरले उहाँको आत्मा सबै मानिसलाई दिनुहुन्छ

28 “त्यसपछि, म तिमीहरू सबै माथि मेरो आत्मा खन्याउँनेछु।
    तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी गर्नेछन्।
तिमीहरूका बूढा मानिसहरू सपना-दर्शी हुनेछन्।
    तिनीहरूका जवानले दर्शन देख्नेछन्।[e]
29 त्यस समय म आफ्ना आत्मा मेरा दास
    र दासीहरूमाथि खन्याउनेछु।
30 पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु।
    त्यहाँ रगत, आगो र धुवाँको खम्बाहरू हुनेछन्।
31 सूर्य अँध्यारोमा बद्लनेछ।
    चन्द्रमाको रंग रगतमा बद्लनेछ।
    अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ।
32 अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्छ उसलाई बचाइनेछ।
    किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरू सियोन डाँडा र यरूशलेममा हुनेछन्।
    यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ।
बाँचेहरूको बिचमा तिनीहरू हुनेछन्
    जसलाई परमेश्वरले बोलाउनु हुनेछ।

Footnotes

  1. 2:6 मानिसहरू … हुन्छ यो पद हिब्रूमा अनिश्चित छ।
  2. 2:7 तिनीहरू … हिंडछन् यो पद हिब्रूमा अनिश्चित छ।
  3. 2:13 लुगा होइन … हृदय फटएर रोऊ आफ्नो दुःख प्रकट गर्न मानिसहरू आफ्ना लुगा च्यात्थे। यहाँ परमेश्वरले चाहानु हुन्छ कि मानिसहरूले गरेका दुष्ट कामको बारेमा तिनीहरू साँचो रितले दुःखीत होउन्।
  4. 2:20 उत्तरवासीहरूलाई बाबेलका सेनाहरू यहूदामा आक्रमण गर्न उत्तर दिशाबाट आउँथे। अरूराष्ट्रहरूबाट सेनाहरू इस्राएलको दक्षिण र पूर्वका सेनाहरू यहूदा र इस्राएललाई आक्रमण गर्न यस दिसाबाट आउँथे।
  5. 2:28 हिब्रूमा यो पद अध्याय 3:1 हो।