Add parallel Print Page Options

पाकेको फलको दर्शन

परमप्रभुले मलाई यो देखाउनु भयो। मैले ग्रीष्म ऋतुमा पाकेको फलको डाला देखें। परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?”

मैले भने, “ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।”

तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरू इस्रएलको अन्त आयो। म तिनीहरूको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ। अन्तिम समयमा परमप्रभुको भवनमा शोकपूर्ण गीतहरू गाइन्छ।” मेरा परमप्रभु मालिक भन्नुहुन्छ, “लाशहरू प्रत्येक ठाउँमा हुनेछन् र नीखतामा लाशहरू लगिनेछन्।”

इस्राएलका व्यपारिहरू केवल पैसाको पछि लागिरहन मन पराउँछन्

सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्।
    तिमीहरूले यस देशको गरीबहरू नष्ट पार्न चाहन्छौ।
हे व्यापारिहरू हो! तिमीहरू भन्दछौ,
    “औंसी कहिले बित्छ,
ता कि हामी गहुँ बेच्न सक्छौं।
    कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने?
तब हामीले खोटो तराजु प्रयोग गरेर ठग्न सक्छौं,
    र हाम्रा ग्राहकहरूलाई धोका दिन सक्छौ।
तिमीले आफैंलाई भन्छौ,
    ‘हामीले गरीबलाई चाँदीले किन्छौं
अनि दरिद्रलाई एक जोडी जुत्ताले किन्छौं।
    हामी सडेको गहुँ पनि बेच्छौं।’”

परमप्रभुले “याकूब गर्व” नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो:

“म उसको कर्म कदापि भुल्ने छैन।
किनभने यी कार्यहरूको कारण सम्पूर्ण भूमि काम्नेछ।
    यस देशमा बस्ने प्रत्तेक मानिस
मृत्यु भएको मानिसहरूको निम्ति रुनेछन्।
    मिश्रको नील नदी जस्तै सम्पूर्ण भूमि उठ्नेछ र तल झर्नेछ।
भूमि यता उता फ्याँकिनेछ।”
परमप्रभुले भन्नुभयो,
“म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु
    अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु।
10 म तिमीहरूको चाडको दिनहरूलाई शोक मनाउने दिनहरूमा
    र खुशीको सबै गीतहरूलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु।
म तिमीहरूलाई वस्त्रहरू शोक लगाएका बनाउनेछु
    र टाउको खौराउनेछु।
म तिमीहरूले जन्माएको
    एउटै मात्र छोरो मर्दा शोक गरे जस्तै पारिदिन्छु,
अनि यो तिक्त दिन हुनेछ।”

परमप्रभुको वचको एउटा डरलाग्दो अनिकाल आउँदैछ

11 परमप्रभु भन्नुहुन्छ,

“हेर, त्यो दिन नजिकै आउँदैछ,
    जब म देशमा अनिकाल ल्याउँनेछु।
मानिसहरू रोटी र पानीको निम्ति
    भोकाउने वा तिर्खाउने छैनन्।
    तर मानिसहरू परमप्रभुको वचनको निम्ति भोकाउने, तिर्खाउने छन्।
12 तिनीहरू परमप्रभुको वचन सुन्नु देशमा मृत्य सागर देखि
    महासागर सम्म यता-उता जानेछन्,
    अनि देशको उत्तर भाग देखि पूर्व सम्म, मानिसहरू
परमेश्वरको वचनको निम्ति यता-उता गर्नेछ,
    तर तिनीहरूले पाउने छैनन्।
13 त्यस समय सुन्दर युवक र युवतीहरू
    तिर्खाले मुर्छा पर्नेछन्।
14 तिनीहरूले सामरियाका मूर्तिहरूद्वारा शपथ खान्छन्,
    तिनीहरूले भन्छन्, ‘दानको मुर्तिहरूद्वारा
    अथवा बेर्शेबाको मुर्तिहरूद्वारा।’
तर यी मानिसहरू लड्नेछन्,
    र कहिल्यै पनि उठ्ने छैनन्।”