Add parallel Print Page Options

इस्राएलको निम्ति दुःखको गीत

हे इस्रएल, यी शोक गीतहरू सुन जुन मैले तिनीहरूको बारेमा गाउँछु।

इस्राएलकी कन्या सामरिया,
    फेरिकहिल्यै नउठ्ने गरि लडेकीछिन्।
उनी आफ्नो भूमिमा
    कसैले नउठाउनेगरी परित्यक्त छिन्।

मेरा स्वामी परमप्रभु यो भन्नुहुन्छ:

“शहरबाट एक हज्जार मानिसहरू गए
    र एक सयमात्र फर्केर आए।
शहरबाट एक सय मानिसहरू गए
    र केवल दशजना मात्र इस्राएल राष्ट्रमा फिर्ता आए।”

परमप्रभु इस्राएललाई आफूतर्फ फर्काउन प्रोत्साहित गर्नु हुन्छ

परमप्रभु इस्राएलका मानिससित यसो भन्नुहुन्छ:
“मेरो खोजि गर्दै आऊ अनि बाँच्नेछौ
    तर बेतेललाई नखोज,
गिलगाल मा नजाऊ,
    सिमानापार नगर अनि बेर्शेबामा नजाऊ।
गिलगालका मानिसहरूलाई कैदमा लगिनेछ।
    अनि बेतेललाई नष्ट पारिदिनेछ।
परमप्रभुकहाँ आऊ र तिमीहरू बाँच्नेछौ।
    यदी तिमीहरू परमप्रभुकहाँ गएनौ भने,
उहाँले इस्राएल राष्ट्र माथि आगोले झैं झम्टनु हुनेछ।
    इस्राएल राष्ट्र आगोले ध्वस्त पारिनेछ,
    र परमेश्वरको घर समेत कोही सुरक्षित हुनेछैन।
7-9 हे मानिस हो! तिमीहरू किन न्यायलाई तिक्तातामा
    र धर्मलाई घृणासरह व्यवहार गर्छौ?
उहाँ जसले कृतिका र मृगशिरा बनाउनु भयो,
    उहाँनै हुनुहुन्छ जसले बिहान लाई गहिरो अन्धकारमा
र दिनलाई रातमा परिवर्तन गर्नु हुन्छ।
    उहाँले समुद्रको पानीलई बोलाउनु हुन्छ र पृथ्वीमा खन्याउनु हुन्छ।
उहाँको नाउँ यहोवा हो।
    उहाँले बलिया सेनाहरू र किल्लाहरूलाई ध्वंश पार्नुहुन्छ।”

इस्राएलीहरूले गरेका दुष्ट कामहरू

तिमीहरू न्यायलाई बिषमा,
    र धार्मिकतालाई घृणामा बद्ली दिन्छौ।
10 तिमी मानिसहरू, अगमवक्तालाई घृणागर्छौ,
    जो तिमीहरूका अन्यायलाई लल्कार्छ र मानिसहरूसित सत्य बोल्छ।
11 अत्यचार र लुटद्वारा तिमाहरूले गरीवहरूलाई कुल्चेकाछौ।
    तिमीहरूले तिनिहरूको खाना लुटेकाछौ।
कुँदिएका ढुङ्गाका घरहरू बनाउन त्यो बेचेकाछौ।
    तर तिमीहरू यी राम्रा घरहरूमा बस्नेछौनौ,
तिमीले राम्रा-राम्रा दाखका बोटहरू लगाएकाछौ
    तर तिमीले त्यसबाट बनेको दाखरस पिउन पाउने छैनौ।
12 मलाई थाहाछ तिमीहरूका धेरै डरलाग्दा पापहरू
    र ठूलो अपराध बिषयमा मलाई थाहा छ।
तिमीहरूले धर्मीहरूको बिरोध (खेदो) गर्यौ
    र गरीबहरूलाई अत्यचार गर्न घुस लियौ।
13 त्यस समयमा बुद्धिमानहरू चुप लाग्ने छन्।
    किनभने यो समय खराब छ।
14 नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ,
    ताकि तिमीहरू बाँच्नेछौ।
तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरूसँग हुनुहुनेछ।
    जसरी तिमीहरूले “मीहरूसित उहाँ हुनुहुन्छ” भनेका छौ।
15 खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर।
    अदालतमा न्यायमा फर्कार्इ ल्याऊ,
तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले,
    यूसुफको कुलमा बाँचेका मानिसहरूलाई राम्रो गर्नुहुनेछ।

एउटा ठूलो शोकको दिन आउँदैछ

16 त्यसकारण परमप्रभु परमेश्वर सर्व-शक्तिमान परमेशवर भन्नुहुन्छ,
“सबै सार्वजनिक स्थानमा रोईरहेका छन्,
    र सबै गल्लीहरूमा मानिसहरूले परमेशवरलाई पुकारिरहेका हुनेछन्।
तिनीहरूले किसानहरूलाई रूनु र विलाप गर्नु बोलाउनेछन्।
    तिनीहरूले शोकगर्नेहरूलाई ज्यालामा ल्याउँनेछन्।
17 मानिसहरू दाखका सबै खेतहरूमा रूनेछन्।
    किनकि तिमीहरूको धार्मिक मण्डलीबाट जानेछु,
र तिमीहरूलाई दण्ड दिनेछु”
    परमप्रभु यसो भन्नु हुनछ।
18 आहा, परमप्रभुको बिशेष दिनलाई
    पर्खिरहेका तिमीहरू आफैंलाई हेर।
तिमीहरू किन परमप्रभुको न्यायको दिन चाहन्छौ?
    यो एउटा गहिरो दिन हुनेवाला छ, उज्यालो होइन।
19 तिमीहरू भालुको सन्मुख नहुनलाई भाग्दा
    कुनै सिंहको अघि पुगेको मानिसजस्तो हुनेछौ,
अथवा तिमीहरू एकजना मानिस जान्छ
    र आराम गर्नु भित्तामा अडेसलागेको बेला
    सर्पले डसेको मानिसझैं हुनेछौ।
20 यसकारण परमप्रभुको बिशेष दिन,
अँध्यारो हुनेछ उज्यालो हैन,
    यो सोकको समयमा हर्ष र उल्लास हुनेछैन।

परमप्रभुबाट इस्राएलीहरूको आराधना अस्वीकार

21 “म तिमीहरूको दिनलाई घृणागर्छु।
    म त्यो स्वीकार गर्दिनँ।
    म तिमीहरूको धार्मिक सभाको आनन्द लिनेछैन।
22 तिमीहरूसे होमबली र अन्नबली चढाएता पनि
    म स्वीकार्ने छैन।
तिमीहरूले अन्न खुवाएर बलियो पारेको जनावरको शान्तिबलि पनि
    म स्वीकार गर्नेछैन।
23 तिमीहरूका हल्लै-हल्लाको गीतहरू मबाट टाढैराख,
    म तिमीहरूको वीणाबाट आएको धुन सुन्ने छैन।
24 तर पानी सरह न्याय बगोस्,
    र धर्म कहिले पनि शेष नहुने खोला झैं बगोस्।
25 हे इस्राएल! के तिमीहरूले जब तिमीहरू
    चालिस बर्ष सम्म मरुभुमिमा थियौ मलाई भेटी चढायौ?
26 तिमीहरूले मुर्तिहरूका राजा सिककुतलाई तिमीहरूका राजा,
    अनि तारा देवता कीयूनलाई देवता झैं मानेका छौ,
    जो तिमीहरूले आफ्नै निम्ति बनायौ।
27 यसकारण म तिमीहरूलाई दमीशकस भन्दा पर निर्वासित पार्नेछु।”
    परमप्रभुले यो भन्नु भयो।
    उहाँको नाउँ सर्वशक्तिमान परमेश्वर हो।