Add parallel Print Page Options

आनन्दप्रिय स्त्रीहरू

हे सामरियाको डाँडामा बस्ने गाईहरूहो, मेरो वचन सुन। तिमीले गरीब मानिसलाई दुःख दियौ र दरिद्रहरूलाई कुल्चियौ। तिमीहरूले आफ्ना पतिहरूलाई भन्छौ, “हामीहरूलाई नयाँ दाखरस पिउनको निम्ति ल्याऊ।”

परमप्रभु मेरो स्वमीले यो प्रतिज्ञा गर्नु भयो, उहाँले आफ्नो पवित्रता को शपथ खानुभयो अनि भन्नुभयो, “हेर यस्तो दिन आइलाग्नेछ तिनीहरूले तिमीहरूलाई अंकुसेले समातेर र बाँकिरहेकालाई बल्छीले अल्झाएर लानेछन्। तिमीहरू सबै देवालका दूलोबाट बाहिर जानेछौ, तिमीहरू सबै हर्मोनको क्षेत्रपट्टि फ्याँकिनेछौ,”

परमप्रभु भन्नुहुन्छ। “बेतेलको पवित्र स्थानमाजाऊ अनि पाप गर। गिलगालमा जाऊ अनि अझ पाप गर। दिनैपर्छ भने तिमीहरूले हरेक बिहान भेटी चाँडै चढाऊ। तीन दिन चाडको लागि तिमीहरूको फसलको एक दशांश चढाऊ। धन्यवादको भेटी खमिरहालेको रोटी चढाऊ अनि स्वइच्छा भेटी को घोषणा गर, किनभने हे इस्राएल हो तिमीहरू यसो गर्न मनपराउँछौ।”

“मनै हुँ जसले तिमीहरूलाई भोक र अनिकाल ल्याईदिएँ। मैले तिमीहरूलाई कुनै खानेकुरा दिइन। तिमीहरूका सबै शहरहरूमा अन्न थिएन तर तिमीहरू फर्किएनौ,” परमप्रभु यसो भन्नुहुन्छ।

“मैले बर्षा रोकिदिएँ अनि यो फसल पाक्नु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिएँ तर अर्कोमा दिइनँ। त्यसपछि मैले एउटा खेतमा पानी पर्ने गराएँ तर अर्को खेत सुक्यो। यसकारण दुइ या तीन शहरका मानिसहरू पानीको निम्ति अर्को शहर तिर डुलिहिँडे तर त्यहाँ प्रत्येक मानिसको निम्ति प्रशस्त पानी थिएन। तर पनि तिमीहरू सहायताको निम्ति मकहाँ आएनौ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

“मैले तिम्रो फसलहरू ज्यादै गर्मी र किराहरूद्वारा मारिदिएँ। जम्मै बशैया र दाख का बोटहरू मारिदिएँ। सलहले नेभाराको बोट र भद्राक्षेको बोटहरू सबै नष्ट पारिदियो। तर पनि तिमीहरू सहाएताको निम्ति मकहाँ आएनौ।” परमप्रभु भन्नुहुन्छ।

10 “मैले तिमीहरूका बिरुद्धमा महामारी फैलाईदिएँ जस्तो मिश्र देशमा फैलिएको थिएँ। मैले तिमीहरूका युवाहरूलाई तलवारले काटेर मारें। मैले तिमीहरूका घोडाहरू लगें। मैले तिमीहरूको घरमा मृत्युको दुर्गन्ध फैलाई दिएँ, तर पनि तिमीहरू मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु यी कुराहरू भन्नुहुन्छ।

11 “मैले जसरि सदोम र गमोरालाई नष्ट परेकोथिएँ। त्यसरिनै तिमीहरूलाई नष्ट पारें। तिमीहरू आगोबाट निक्लेको धुवाँसित बल्दैगरेको दाऊरा जस्तै छौ। तर पनि तिमीहरू मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु भन्नुहुन्छ।

12 “यसकारण, इस्राएल! म तिमीहरूलाई दण्ड दिनजाँदैछु। इस्रएल, तिमीहरू परमेश्वरको दण्ड सामना गर्न तयार हुनैपर्छ।”

13 परमेश्वर नै एकजना हुनुहुन्छ
    जसले पहाड र बतास सृजना गर्नहुन्छ।
    उहाँले मानिसहरूलाई आफ्नो बिचार भन्नुहुन्छ।
बिहानलाई अँध्यारोमा परिवर्तन गर्नुहुने उहाँनै हुनुहुन्छ।
    अनि पृथ्वीका पहाडहरूमाथि चढ्नु हुन्छ।
    उहाँको नाउँ यहोवा हो, सर्वशक्तिमान परमप्रभु परमेश्वर।